Search

सरकारको नयाँ निर्णय : २०७७ श्रावण २२ देखिराति ९ बजेदेखि बिहान ५ बजेसम्म बन्द

सरकारको नयाँ निर्णय : २०७७ श्रावण २२ देखिराति ९ बजेदेखि बिहान ५ बजेसम्म बन्द

काठमाडौं, बाँपीझ्याला । सरकारले शहरी इलाकामा राति ९ बजेदेखि बिहान ५ बजेसम्म आवत जावतमा रोक लगाएको छ । काठमाडौं सहित २ सयभन्दा बढी सक्रिय कोरोना संक्रमति रहेका शहरी इलाका जिल्लामा आवगमनमा रोक लगाइएको छ ।

गृह मन्त्रालयले कोरोना भाइरसको बढ्दो जोखिमलाई मध्यनजर गर्दै बिहीबारदेखि लागू हुने गरी उक्त निर्णय लिएको छ । यस्तै सरकारले बिहीबारबाटै लागू हुने गरी सवारी साधनमा जोरविजोर प्रणाली लागू गर्ने पनि निर्णय गरेका छ ।

यस्तै काठमाडौं उपत्यका प्रवेश गर्ने अत्यावश्यक ढुवानीबाहेकका सबै यात्र वाहक सवारी साधनहरुलाई साँझ ७ देखि बिहान ७ बजेसम्म आवागमन निषेध गरिएको व्यवस्थालाई कडाईका साथ लागू गर्ने समेत मन्त्रालयले जनाएको छ ।

सरकारको निर्णय बमोजिम आगमन अनुमति पाएका व्यक्तिबाहेक अन्तर्राष्ट्रिय सीमा नाकामा हुने आवत जावतलाई कडाइका साथ निषेध गर्ने विज्ञप्तिमा उल्लेख छ । यस्तै कोभिड १९ को संक्रमणको जोखिमको विश्लेषण गरी जोखिम बढेको क्षेत्र/ स्थानलाई जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले निर्णय गरी तुरुन्त बन्द गर्ने र कोभिड १९ को थप परीक्षणको व्यवस्था मिलाउने छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!