Search

बर्ष २५ का कुमारीहरु धेरै छन तर जहाँ विहे हुदैन

बर्ष २५ का कुमारीहरु धेरै छन तर जहाँ विहे हुदैन

सामान्य रुपमा हेर्ने हो भने युवा भन्दा युवतीहरु कम हुँदा विभिन्न देशमा पुरुषहरु अविवाहित रहन्छन् । केटी पाइहाले पनि टाढा गएर बिहे गर्नुपर्ने हुन्छ । अझ कतिसम्म भने एउटै केटासँग दुई केटासँग भएको खबर पनि आइरहेको हुन्छ । किनकि, त्यहाँ पर्याप्त केटी हुँदैनन् ।

तर, विश्वमा एउटा यस्तो पनि गाउँ छ, जहाँ केटीको लामो लाइन छ तर त्यहाँका धेरैजसो पुरुष विवाहका लागि अयोग्य छन् । ब्राजिलको नोइवा दो कोरडेएरो इलाका महिला धेरै भएको इलाका हो । त्यहाँ खेतीपातीदेखि लिएर निमार्णसम्मको काम महिलाले नै गर्छन् । र, त्यहाँ बसोबास गर्ने महिलाको उमेर २५ देखि ३० वर्ष रहेको छ ।

तर, आश्चर्यलाग्दो कुरा भनेको त्यहाँका धेरैजसो युवतीहरु कुमारी छन् । उनीहरुको बिहे हुन सकेको छैन । त्यस इलाकामा जतिपनि पुरुष थिए, ती सबै काम गर्न र पैसा कमाउन त्यस क्षेत्रबाट बाहिर गइसकेका छन् । जो पुरुष त्यस गाउँमा छन् कि त उनीहरुको बिहे भइसकेको छ । कि भने नातामा युवतीका भाइ पर्छन् । यसकारण गाउँका युवतीहरुले राम्रो वर पाइरहेका छैनन् । ब्राजिलको उक्त गाउँमा लगभग ६ सय युवती छन् ।

अविवाहित पुरुष भेटिन मुश्किल नै पर्छ । ती युवतीहरुको विवाह यसकारण पनि भइरहेको छैन, किनकि, विवाहपश्चात् उनीहरु आफ्नो गाउँ छोडेर अन्यत्र कतै जान चाहँदैनन् ।

मल्टिमिडिया ग्यालरी

Teej Award

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!