Search

दोलखामा ठुलो लाखे (ड्वाकु राकस) नचाउने जात्रा सम्पन्न

दोलखामा ठुलो लाखे (ड्वाकु राकस) नचाउने जात्रा सम्पन्न
ठुलो लाखे (ड्वाुकु राकस

(बाँपीझ्याला, दोलखा) प्राचिन लिच्छवीकालीन, मल्लकालिन ऐतिहासिकता पृष्ठभुमी रहेको दोलखा जिल्लाको दोलखा शहर हालको भीमेश्वर नगर दोलखाको आफ्नै विशेषता र महत्व रहको छ ।
कोविड १९ को संक्रमणले विश्वलाई रुवावासी गराई रहेको बेला दोलखामा भने साहसिक कदम उठाई भीमेश्वर नगरपालीका वडा नं. २ का वडाध्यक्ष विराजमान श्रेष्ठ, स्थानिय युवाहरुको सहयोग र सम्वन्धीत गुठीयारको सक्रियतामा गुल्ला पर्वको विशेष पर्वको रुपमा मनाईने जात्रा ठुलो लाखे (ड्वाकु राकस) जात्रा सम्पन्न भएको छ ।
जनैपुर्णीमाको दिन अर्थात क्वाटी पुर्णीमाको नामले प्रख्यात दिनमा परेको उक्त जात्रा संचालनमा पहिले पहिलेको भन्दा यसपाली कोराना १९ को कारणले चुनौतीपुर्ण रुपमै सम्पन्न गरिएको छ । गतसाल डापा खलकको नामबाट कालिञ्चोक जादा तल्लो टोल र माथिल्लो टोलका स्थानिय वासिन्दाहरु एउटै पोसाकमा सजिएर ५०–६० जनाको समुहमा जाने गरिएकोमा यसपाली कोरानाका कारणले स्थानिय प्रशासनबाट पनी धेरै संख्या मान्छेहरुको भिड जम्मा गर्ने अनुमती नदिएकोले विधिको लागि मात्र जात्रा संचालन गरिएको र यसै गरी गाईजात्रा, कृष्ण गोपिनी (ट्वाकल प्याखन) नाच र रात्रीकालीन भैरव कुमारी जात्रा समेत विधिको लागि मात्र निकालिने वडाध्यक्ष विराजमान श्रेष्ठले हामीलाई जानकारी दिनु भयो ।

गठेमङ्गलको दिन परम्परागत रुपमा पूजाआजा गरेपछि द्वितीयादेखि लाखेलाई राक्षसको रुपमा देखाउने प्रचलन रहेको छ । उक्त राक्षसले दोलखा शहरमा अत्यन्तै दुःख दिन थालेपछि कालिन्चोक भगवतीलाई वरदान माग्न र सहयोग माग्न बाजागाजा सहित डापाखलक शरणमा पुगेको र उनीहरुको आराधनाबाट खुशी भएर राक्षसलाई मार्न कालिन्चोक भगवती राक्षसकै रुप धारण गरेर ड्वाकु डाकस अर्थात ठुलो लाखेको रुपमा नृत्य गर्दै बजार परिक्रमा गर्ने चलन रहेको छ ।
कालिन्चोक भगवतीबाट बच्न दोलखा स्थित तीन धारा राजहिटीमा महादेवको आराधना गर्दै बसेका राक्षसको यज्ञ विध्वंस गरेपछि यज्ञबाट लेखिटिएका राक्षसहरु तल्लो टोल स्थित रानी पोखरीमा गई फाल हान्छन् । पोखरीमा हाम फाले पछि राक्षसको अन्त्य भएको मानि खुसीयालीमा दोलखा स्थित टोल टोलमा रहेको डबली डबलीमा गई ठुलो लाखे (ड्वाकु डाकस) सहित नाचेर रमाइलो गर्ने चलन रहेको छ ।

जो राकस, फोटो : सन्जिप श्रेष्ठ
नेपाली राकस, फोटो : सन्जिप श्रेष्ठ
माझिपा राकस, फोटो : सन्जिप श्रेष्ठ

अन्तमा माथिल्लो टोलको भीमसेन डबली पुगरे नाच्दै जात्रा चलाउन पालो पर्ने गुठियारको घर पुगी दक्षिणा प्राप्त गरिसकेपछि पुनः ठुलो लाखे (ड्वाकु राकस) राकस छेँमा नै गएर लाखे भित्र्याई सो बर्षको लाखे जात्रा समापन गर्ने चलन रहेको छ ।

देउधारा सहित डापा खलक दोलखा फर्कने क्रममा
डापा खलक दोलखा फर्कने क्रममा


दोलखामा विशेषतः ४ किसिमको लाखे नचाउने चलन रहेको छ । जुन राती निकालिने नेपाली राकस, दिउँसो निकालिने जो राकस, जनै पुर्णीमाको दिनमा निकालिने ड्वाकु राकस र गाईजात्रदेखि पञ्चमीको दिनमा निकालिने माझिपा राकसको नामले प्रसिद्धता पाएको छ ।
ठुलो लाखे (ड्वाुक राकस) लाई दोलखाली नेवाः भाषामा ड्वाकु डाकस भनिन्छ । जनैपुर्णीमाको दिन दोलखा आएकी कालिन्चाके भगवती कागे अष्ठमीसम्म दोलखा भीमेश्वरको मन्दिरमा रहने जनविश्वास छ ।

यो लाखे हुन माथिल्लो टोल र तल्लो टोलबाट बर्षमा एक एक पटक आलो पालो गरी भाग लिने प्रचलन रहेको छ । यसरी यस जात्राको समयमा लाखेको साथमा दाउरेको भेषमा स–साना लाखेहरु नाच्नको लागि स्थानिय नेवार समुदायले दर्शकलाई मनोरञ्जन दिन विभिन्न भेष धारण गरेर बाजाका तालमा नाच्ने गर्छन् ।

यसैबिच ऐतिहासीक महत्व बोकेको ठुलो लाखे (ड्वाकु डाकस) हेर्न आउने धार्मीक आस्था रहेको स्थानिय वासिन्दाहरु लगायत जात्रा हेर्न आउँदा सर्वसाधारणलाई सामाजिक दुरी कायम गरि

अनिवार्य मास्क लगाउन भीमेश्वर नगरपालिका वडा नम्बर २ का अध्यक्ष विराजमान श्रेष्ठले अनुरोध गर्नु भएको जानकारी थाहा हुन आएको छ ।

मल्टिमिडिया ग्यालरी

Teej Award

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!