(बाँपीझ्याला) दोलखा जिल्ला जिरी नगरपालिकाले वडा नं. १ देखि ९ सम्मको लागि ९ वटा बोयर जातको बोका बाँडेको छ । वडा कार्यालयले एक जना व्यवसायीक पशुपालक किसान छनोट गरि ८५ प्रतिशत अनुदानमा उक्त बोका वितरण गरेको हो ।
उन्नत जातका पाठापाठी उत्पादन गर्ने उद्धेश्यका साथ बोयर जातको बोका वितरण गरिएको जिरी नगरपालिकाकी उपप्रमुख कृष्णमाया बुढाथोकीले जानकारी जानकारी गराउनु भएको छ ।
मकवानपुर जिल्लाबाट ल्याइएको सो बोका प्रति किलो २३ सय रुपैयाँ परेको जानकारी प्राप्त भयो । वितरण गरिएका बोका ३० देखी ६० किलो सम्मको रहेको छ । बोका प्राप्त गर्ने किसानले १५ प्रतिशत रकम व्यहोरेका छन् । बोयर जातको बोका वितरणका लागी नगरपालिकाले चालु वर्ष १० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । जिरी नगरपालिकाले पहिलो पटक बोयर जातको बोका वितरण गरेको हो ।
जिरी नगरपालिकामा बोयर जातको बोका वितरण
