(बाँपीझ्याला) कोरोना संक्रमण महामारीका कारण हलमा नयाँ नेपाली फिल्म हेर्न नपाइएपनि केही निर्देशकहरु डिजिटल माध्यमबाट दर्शक माझ जान थालेका छन् ।
निर्देशक शिरीष गुरुङ निर्देशित ’लाटो कोशेरो’ त्यस्तै फिल्म हो जुनहालै अमेजन प्राइममा उपलब्ध भएको छ ।
मान्छेको जीवन ’बुख्याचाः’ सँगै जोडिने र भूत प्रेत सम्बन्धी काल्पनिक धारणामा फिल्मआधारित
छ ।
काठमाडौं परिवेशमा छायांकन गरिएको यो फिल्ममाविशेष गरी नेवास् संस्कृति झल्काउन पुरानो भक्तपुर क्षेत्रको चित्रण गरिएको छ।नेवार समुदायका आस्था र विश्वाससँग फिल्मका पात्रहरू जोडिएका छन् ।
वर्तमान समयमा’ब्ल्याक एन्ड ह्वाइट’ फिल्म निर्माण गरेर ’लाटो कोशेरो’ समूहले नयाँ प्रयोग गरेको छ ।
यस फिल्ममा निभम शिल्पकार, सरितागिरी, केनिपा सिंह लगायत कलाकारको मुख्य भूमिकामा देख्न सकिन्छ ।
कम संवाद रहे पनि नेपाली भाषामा रहेको फिल्ममा अङ्ग्रेजी सब टाइटल राखिएको छ । फिल्मको पटकथा निर्देशक शिरीष गुरुङले नै लेखेका छन ्।