अजय प्रधान, दोलखा ।
(बाँपीझ्याला, २० अषाढ २०७७) जनता संग मेयर कार्यक्रम अन्तर्गत पाखलति पुखुर्चा नाला सल्याप ढलान कार्य सम्पन्न भई भिमेश्वर नगरपालिकाका मेयर भरत केसिज्युको प्रमुख आतिथ्यमा आज २०७७ अषाढ २० गते विहान ८ बजे पुखुर्चा टोलमा सार्वजनिक सुनुवाई, तथा श्रमदाता, सहयोगि दाताहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रम पुखुर्चा ढल सुधार उपभोक्ता समितिका अध्यक्ष कल्पना थामिज्युको अध्यक्षतामा सम्पन्न भएको थियो । विनियोजित योजना रकम रू.२ लाख ५० हजार रुपैया बराबरको लागत स्टेमेटमा ९० मिटर ढलानलाई सम्पन्न गर्नु पर्नेमा १२० मिटर ढलान गरेको र १०० मिटर कुलो खोलि रु ३ लाख ४१ हजार ७ शय ८५ रुपैया बराबरको काम भएको सुनुवाई भयो । उक्त कार्यक्रममा उपस्थित उपभोक्ता समिती, स्थानिय दोलखावासी तथा प्रमुख अतिथी अतिथीज्यूहरुलाई सदस्य कला दर्नालले स्वागत गर्नु भएको थियो ।
भीमेश्वर नगरपालीकाका नगर प्रमुख भरत के.सी.ज्युको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा मन्तव्यकै क्रममा नगरप्रमुखज्युले युवा साथिहरुले केहि योजना लिएर आएको र यो प्रंशसनिय काम देख्दा उत्साह पलाएर आएको छ र ईमान्दार साथ काम व्यक्ति, समुह समुदायका सदस्यहरुलाई पैसाको खाचो कहिले नभएको र राम्रो कामको लागि जति पनि पैसा भएको बताउनु भयो । यसरी उत्साहका साथ काम गरियो भने दोलखा जिल्लाको मुटुको रुपमा रहेको यस भीमेश्वर नगरपालीका भित्रको ऐतिहासिक शहर दोलखा अभयपुरले ऐतिहासिकता कमाउन सफल भई विकास निर्माणमा धेरै अगाडी बढ्ने कुरामा आफु विस्वस्त रहेको बताउनु भयो ।
मन्तव्यकै क्रममा भीमेश्वर नगरपालीका वडा नं. २ का वडाध्यक्ष, यस कार्यक्रमका विशिष्ट अतिथी विराजमान श्रेष्ठज्यूले वडा विकासमा पुर्ण साथ रहेको र सिङ्गो वडा विकासको जिम्मा पाएको हुँदा टोल टोलबाट यसरी नेतृत्व गर्ने युवा वडावासिहरुको साथ रहेमा आफुलाई विकास निर्माणको क्रियाकलाप गर्न धेरै सजिलो हुने कुरा बताउनु भयो ।
वडा सदस्य चरित्र कृष्ण जोशिज्युले वडा भित्र गर्न बाँकि भएका कामहरुको स्मरण गराउँर्दै यसको लागि यहाँका वडावासीहरुको एक्यवद्धताको आवश्यकता रहेको बताउनु भयो ।
यसरी मन्तव्यकै क्रममा भीमेश्वर न.पा. –२ का समाजसेवी एवं बुद्धिजिवी पुरुषार्थ श्रेष्ठज्युले आफ्नो सान्दर्भिक भनाई राख्दै श्रमदान भन्ने विर्सिसकेका दोलखावासी तथा उपभोक्ताहरुलाई फेरि विउझ्याउने कार्य भएकोमा खुसि लागेको र जनता संग मेयर कार्यक्रमको विषय संग मेल खाएको बताउनु भयो । नेकपा भिमेश्वर नगर सचिव नरेन्द्र श्रेष्ठज्युले उपभोक्ता समितिमा बसेर सधै घाटा प¥र्यो भन्ने अर्को उपभोक्ता समिति गठन हुदा नबसि नहुने प्रवृती भएका केहि दोलखाली साथीहरुलाई यो कार्यक्रमले पाठ सिकाउने कुरामा विश्वस्त रहेको बताउनु भयो ।
उपभोक्ता समितीलाई सक्रिय रुपमा सहयोग गर्दै आउनु भएका अभयपुर टोल विकास समितिका अध्यक्ष तथा द्वाल्खा गुठीका कोषाध्यक्ष अजय प्रधानज्युले मनतव्य दिदै म अरुले के गर्छ र के भन्छ भनेर सुनेर र हेरेर बस्दिन आफुले गरेर उदाहरण दिएर मात्र अरुलाई भन्छु म समुदाय विकासको लागि नेतृत्व गर्छु तपाईहरु संग साथको लागि हात फैलाउछु सहयोग गर्नुस म अघि बढ्छु ।
जुन अहिले यो कार्य गरेर नमुना देखाउन खोजेका छौं त्यसै गरी हाम्रो अलि राम्रो सक्रियता र उपभोक्ता समिती अर्थात टोलवासीको सक्रिय सहयोग भएको खण्डमा भोलीको दिनमा यस्ता उदाहरणीय विकास निर्माणको काम गर्न धेरै सक्ने आफुलाई विस्वास रहेको बताउनु भयो ।
यसै गरी पालचुटी ढल सुधार उपभोक्ता समितीका अध्यक्ष दिपक मास्केज्युले आफ्नो मन्तव्यको क्रममा तारीगाउ, पालचोटि ढल सुधार तथा सरसफाईको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भयो ।
उक्त कार्यक्रममा भीमेश्वर नगरपालिकाको तर्फ बाट अभयपुर टोल विकास समितिलाई सरसफाईका सामग्रीहरु वितरण गरिएको थियो । यस कार्यक्रममा २० दिन सम्म निशुल्क श्रमदान गर्ने टिका बहादुर थामि, टेक बहादुर तमाङ, कल्पना थामि र २० हजार बराबरको फर्मा सहयोग गर्ने दोलखाली युवा तथा अभयपुर टोल विकास समितिका अध्यक्ष अजय प्रधान, प्रत्यक्ष रुपमा सहयोग गर्ने प्रेम बहादुर श्रेष्ठ, सुजाता मास्के, निर्मला शिवाकोटी, लाक्पा शेर्पा भिमेश्वर नगरपालिकाका प्राविधिक राजु श्रेष्ठज्युलाई प्रमुख अतिथिज्यु बाट सम्मान गरिएको थियो । उक्त कार्यक्रम सन्चारकर्मी शिवजि प्रधानले सन्चालन गर्नु भएको थियो ।
पुखुर्चा सडक निर्माण सार्वजनिक सुनुवाई सम्पन्न
