Search

चलचित्र क्षेत्रलाई अगाडी बढाउने भए यस भित्रको गुटबन्दी हटाउनु पर्छ ।

चलचित्र क्षेत्रलाई अगाडी बढाउने भए यस भित्रको गुटबन्दी हटाउनु पर्छ ।

(बाँपीझ्याला, २४ अषाढ २०७७) नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्र क्षेत्रको विकास गर्ने हो भने यस भित्र रहेको गुटबन्दी त्याग्न आग्रह गरेकी छन् । नेपाली चलचित्रको एक शुभचिन्तक भन्दै सामाजिक सञ्जालमा स्टाटस कोर्दै उनले लेखेकी छन् यदि नेपाली चलचित्रको विकास गर्ने हो भने निर्माताहरूले आफूलाई मै हुँ भन्ने भावना नराखी नवकलाकारप्रति गरिने व्यवहारमा सुधार गर्नुपर्छ । साथै, समूहगत स्वार्थ राखी स्थापित कलाकारप्रति पक्षपाती व्यवहार र गुटबन्दी गरी चलचित्रहरू खेल्न नदिई चलचित्र क्षेत्रबाटै पलायन गराउने षड्यन्त्रबाट मुक्तसमेत हुनुपर्छ ।
उनले चलचित्र क्षेत्रको सुधार नगर्ने हो भने यसमा करिअर बनाउन खोज्ने पढे लेखेका र योग्य कलाकारको खडेरी हुने साथै स्थापित कलाकारहरू विस्थापित हुने समेत बताएकी छन् । उनले सबैले आ–आफ्नो कमजोरीलाई सुधार गरी अगाडि बढ्नुपर्ने आवश्यकता समेत औल्याएकी छन् ।

मल्टिमिडिया ग्यालरी

Teej Award

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!